२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालन

shivam cement
मध्यान्ह
२०८१ असोज २ गते २२:०९
सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालन

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको प्रांगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल सेवालाई अझै परिष्कृत गर्ने योजना अनुरुप सो सेवा सञ्चालनमा ल्याएको हो । बैंकमा बुधबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो हब सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिन बाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरु डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरुले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ । क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय रुपैयाँ दरका नोटहरु जम्मा गर्न मिल्ने सुविधा उपलब्ध छ ।

ADV

सम्बन्धित खबर

Advertise