२०८२ जेठ १३ गते मङ्गलवार / May 27 , 2025 , Tuesday
२०८२ जेठ १३ गते मङ्गलवार
Ads

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

मध्यान्ह
२०८१ असोज २ गते १२:४८
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंः बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर