२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

रास्वपाको राष्ट्रिय भेलामा आज समूहगत छलफल 

मध्यान्ह
२०८१ असोज २ गते ११:०८
रास्वपाको राष्ट्रिय भेलामा आज समूहगत छलफल 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौँको प्रज्ञा भवनमा मंगलवारदेखि शुरु भएको भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।

मंगलवार भेलामा प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए । साथै मंगलवार नै कोषाध्यक्ष लिमा अधिकारी र देखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन समेत पेस गरेका थिए । 

उपसभापति डा स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । आज भने प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । 

ADV

सम्बन्धित खबर