२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

राष्ट्रिय बाल सहभागिता सम्मानद्वारा गौरी प्रधान सम्मानित

मध्यान्ह
२०८१ असोज १ गते १६:३०
राष्ट्रिय बाल सहभागिता सम्मानद्वारा गौरी प्रधान सम्मानित

काठमाडौँ : बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) ले राष्ट्रिय बाल सहभागिता सम्मान २०८१ गौरी प्रधानलाई प्रदान गरेको छ । नेपालको बाल अधिकार आन्दोलनका प्रणेता प्रधानलाई सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो । 

'बालिका सहभागिता र सशक्तिकरणका लागि नागरिक संवाद' कार्यक्रमका बीच प्रधानलाई राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिन् । 

चार दशक लामो बालअधिकार आन्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरी बालअधिकार आान्दोलनलाई थप उचाई दिन सफल प्रधानलाई राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रदान गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताए । 

नेपालको बालअधिकार आन्दोलनमा बालअधिकार सबैको सरोकार, बालबालिकाका लागि बालबालिकाका साथमा, बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् जस्ता नवीन सोचहरू अगाडि सारेर बालअधिकार आन्दोलनलाई वैचारिक तथा व्यवहारिक बनाई राख्न प्रधानको निरन्तररुपमा महत्वपूर्ण भूमिका रहदै आएको छ ।

साथै उक्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का बमबहादुर बानिया, NACG का अध्यक्ष किरण थापालगायतले बालिका सहभागिता तथा सशक्तिकरणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा आफ्ना विचार राखेका थिए ।
 

ADV

सम्बन्धित खबर