२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

‘सहकारी ठगीमा म निर्दोष भएँ, कांग्रेसले देखाएका प्रमाणहरू फेल’ 

मध्यान्ह
२०८१ असोज १ गते १२:०१
‘सहकारी ठगीमा म निर्दोष भएँ, कांग्रेसले देखाएका प्रमाणहरू फेल’ 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको र विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् । 

काठमाडौँमा आजबाट शुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसतर्फ लक्षित गर्दै उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन् ।

उनले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्ने कुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ भन्ने कुरा त आफ्नै केन्द्रीय नेताहरू बसेको भएर थाहा भइहाल्यो होला नि । कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि । म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुपर्‍यो नि । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’

सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन आग्रह गरे। उनले रास्वपा नसकिएको भन्दै अरूलाई रास्वपाले सक्काउने चेतावनीसमेत दिए ।

ADV

सम्बन्धित खबर