२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

सुनको मूल्यमा सामान्य गिरावट

मध्यान्ह
२०८१ असोज १ गते ११:२२
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौंः स्थानीय बजारमा आज सुनको मूल्य  प्रतितोलामा छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय निर्धारण भएको छ । 

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच निर्धारण भएको छ । 

ADV

सम्बन्धित खबर