२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

नेपाल अर्बुद रोग निवारण संस्थाले मनायो ४२ औँ वार्षिकोत्सव

मध्यान्ह
२०८१ भदौ ३१ गते १७:४९
नेपाल अर्बुद रोग निवारण संस्थाले मनायो ४२ औँ वार्षिकोत्सव

काठमाडौँ : नेपाल अर्बुद रोग निवारण संस्थाले ४२ औँ वार्षिकोत्सव मनाएको छ । जनमानसमा क्यान्सरसम्बन्धी चेतना अभिबृद्धि र रोकथाम गर्ने उद्देश्यले २०३९ साल भाद्र ३१ गते स्थापना भएको संस्थाले आज प्रज्ञा प्रतिष्ठानमा ४२ औँ वार्षिकोत्सव मनाएको हो ।

अर्बुद (क्यान्सर) जस्तो भयावह रोगविरुद्ध ४२ वर्षदेखि विभिन्न ४८ जिल्लाका शाखाहरुलाई एउटै छातामुनि राखेर सचेतना अभियान चलाउँदै आएको संस्थाले जानकारी गराएको छ ।

उर्जामन्त्री दीपक खड्काले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौतीका बारेमा सरकार सचेत रहेको बताउदै अझ सशक्त रुपले कार्यक्रम बनाउने बताए । कार्यक्रममा धेरै जसो वक्ताले क्यान्सर रोगलाई सरकारले जति गर्नुपर्ने हो त्यति सहयोग नगरेको गुनासो गरेका थिए ।

सरकारले धुम्रपान र मद्यपान आयातमा कडाई गर्नुपर्ने उनीहरूले बताएका थिए । कार्यक्रममा बोल्दै डा. प्रकाश राज न्यौपानेले धेरै जसो क्यान्सर धुम्रपान मद्यपानकै कारण हुने भएकाले सरकारी तवरबाट नै यसको रोकथाम गर्न आवश्यक रहेको बताए । आजभोलि किशोर किशोरीहरू धुम्रपानमा बढी सक्रिय भएको तथ्यांक रहेको बताउदै उनले घर स्कुलबाट यसको निगरानी हुनुपर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै प्रभुराज बैद्यले क्यान्सरको उपचार औषधि नेपालमा सरल तरिकाले उपलव्ध गराउनुपर्ने औँल्याए । अहिले जति छ त्यतिले मात्र नपुग्ने भन्दै उनले अझ सरल र सहज तरिकाले बिरामीले उपचार र औषधि पाउनुपर्ने माग राखे । 

कार्यक्रममा डा. उज्जवल चालिसे, महेश खकुरेल, बायु सेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीलगायतले आफ्नो भनाइ राखेका थिए । उनीहरूले आफ्नो ठाउँबाट सकेको सहयोग गरी रोगसम्बन्धी सचेतना र निवारणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गरेका थिए । उनले अर्बुद रोग संस्था क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने भन्दै उपचारको क्षेत्रमा ४२ वर्षदेखि निरन्तर लागिरहेको उनले जानकारी दिए । 

संस्थाका महासचिव दीपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखामा रहेका १५ हजारभन्दा बढी स्वयंसेवकले क्यान्सरबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताए । 

कार्यक्रममा प्रभुराज बैद्य र युवराज अधिकारीलाई बिशेष सम्मान गरिएको थियो । बैद्यलाई नेपालमा क्यान्सर रोगको औषधि वितरणमा सहज बनाएको र अधिकारीलाई क्यान्सरका बिरामीलाई उपचारका लागि आवत जावतमा निशुल्क हवाई टिकट उपलव्ध गराएको भन्दै बिशेष सम्मान गरिएको हो । 


 

ADV

सम्बन्धित खबर