२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

shivam cement
मध्यान्ह
२०८१ भदौ ३० गते १५:४१
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भव्यरुपमा मनाउन आह्वान समेत गरे । 

प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउन आगामी असोज २, ३ र ४ गते प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । 

साथै प्रदेश सरकारी निकायका वेबसाइटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउनेबारेमा सूचनाहरु सार्वजनिक गरिनेछ । 

‘संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती’ विषयमा विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गरिनेछ । 

असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकीसहित विहान प्रभातफेरीको आयोजना गरिने हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गरिएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise