२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

मध्यान्ह
२०८१ भदौ ३० गते १०:५४
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौँ : नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । 

अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ ।

ADV

सम्बन्धित खबर