२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

गोपाल नीना फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य सेवा

मध्यान्ह
२०८१ भदौ २९ गते २२:११
गोपाल नीना फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य सेवा

नेपालगञ्ज : गोपाल नीना फाउण्डेशनद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित बालबालिकाहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ । 

राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार आयोजित विशेष स्वास्थ्य शिविरबाट स्वास्थ्य समस्या भएका ६८ जना आश्रित बालबालिकाहरु लाभान्वित भएका हुन् । 

गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा.तृप्ती पाल रमणले दिएको जानकारी अनुसार आश्रममा आश्रित अभिभावकविहीन, आफन्तहरु समेत गुमाएका सहारा विहीन अधिकांश बालबालिकाहरुमा खटिरा, शरीर चिलाउने, छाला, दाँत र मुख आदिको समस्या देखिएको थियो । डा. तृप्ती पाल रमणले भने,‘यस्तो समस्या देखिएका उनीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो भने स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो ।’ 

फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठका अनुसार गोपाल–नीना फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणका साथै उक्त आश्रममा आश्रित २ सय २० जनालाई बिहानको खाना पनि खुवाइएको थियो भने सबै बालबालिकाहरुलाई स्टेसनरीको किट र हाइजिन किट पनि वितरण गरिएको थियो । खाना खुवाउने कार्यक्रममा प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र आयोजक टिमका अन्य अतिथिहरुले खाना खुवाएका थिए । 

आश्रमका इञ्चार्ज एलिसा चौधरी र सामना निल सागरका अनुसार आश्रमका सबै बालवालिकालाई स्टेसनरी वितरण गरिएको थियो ।

विशेष स्वास्थ्य शिविरमा डा. सचिन शाह, डा. कमल जङ शाही, बाँके डेन्टल क्लिनिकका डा.शालिनी मिश्र  पाठक, डा.दिल बहादुर सन्त्याल र डा.तृप्ती पाल रमणले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए । 

सो कार्यक्रम सफल पार्न फाउण्डेसनको विपुल वर्मा, दिलिप गिरी, कल्पना चौधरी, भावना पौडेलले सक्रिय भूमिका निर्वाह गरेका थिए । 

कार्यक्रम प्रारम्भ हुनु पूर्व आयोजित कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, वरिष्ठ पत्रकार पूर्ण लाल चुके, अधिवक्ता तथा फाउण्डेसनका सदस्य लोक बहादुर शाह, बाँके डेन्टल क्लिनिकका सञ्चालक सुरेन्द्र सिंह सरदार लगायतले मन्तव्य राखेका थिए । 

त्यसैगरी औषधि बजार प्रतिनिधिहरुको संस्था एनएमएसआर नेपालगञ्जका प्रतिनिधिहरु कुणाल लखेर, विपिन कुमार गुप्ता,प्रविण ठाकुर, डि.आर. पाण्डे, निरज पटेल,प्रकाश कलौनी, कमलेश कर्ण, भरत ओझा र चेतराज ओझा तथा एनपीइएएन नेपालगञ्जका प्रतिनिधिहरु रोहित कुमार भट्ट, अमित पाण्डे, विनोद अधिकारीको पनि सहयोग रहेको डा. तृप्ति पाल रमणले जानकारी दिइन् । 

पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजिसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उनका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा एक वर्ष अघि स्थापित उक्त फाउण्डेसनले विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगञ्जमा चिकित्सा सेवामा कार्यरत छन् ।  

ADV

सम्बन्धित खबर