२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

‘दलितहरुबीच एकता कायम गर्दै सहकार्य आवश्यक’

मध्यान्ह
२०८१ भदौ २९ गते २०:४७
‘दलितहरुबीच एकता कायम गर्दै सहकार्य आवश्यक’

सरोज विश्वकर्मा/मध्यान्ह

लमजुङ :  गण्डकी प्रदेश सभा सदस्य टिका कुमारी बस्यालले दलित समुदाय एकजुट भएर अगाडि बढे मात्रै दलितका उपलब्धीहरु रक्षा हुने बताएकी छन् ।

दलित समता समाज सुन्दरबजारको नगरस्तरीय प्रथम अधिवेशनको अवसरमा बोल्दै प्रमुख अतिथि बस्यालले दलित समुदायभित्रै एकता हुन नसक्दा कतिपय प्राप्त उपलब्धीहरु पनि गुम्ने खतरा भएको बताइन् । उनले दलितबीच एकता कायम गर्दै सहकार्य गर्न आवश्यक रहेको बताइन् । 

संविधानमा समानुपातिक समावेशी व्यवस्थाको सुनिश्चिता गरेपनि यसलाई हेलाको दृष्टिकोणले हेर्ने गरिएको भन्दै बस्यालले संविधानमा व्यवस्था गरिएका कुराहरुलाई सबैले सम्मान गर्नुपर्ने  बताइन् । 

सुन्दरबजार नगरपालिका–६ मा भएको कार्यक्रममा सुन्दरबजार नगरपालिका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष नबिन कुमार श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष दिनेश बाबु कोईराला, बेसिशहर नगरपालिका प्रवक्ता एवं दलित अगुवा हिरालाल विश्वकर्मा, समाजसेवी गोपाल खाती, मध्यनेपाल दलित एकता समाजका अध्यक्ष सुक बहादुर वि.क., नेपाली कांग्रेस नगर सचिव अमोल खनाल, ने.क.पा. माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिव सुनिल सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीका बाबुराम अधिकारी, ने.क.पा. एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष जगदिश सेढाई, अर्जुन मग्राती लगायतले मन्तव्य राख्दै दलितहरुबीच एकता हुन आवश्यक रहेको बताएका थिए । 

कार्यक्रममा समाजका अध्यक्ष अर्जुन परियारले दलितले हिजोदेखि आजसम्म भोग्नु परेको कठिनाइ, सुन्दरबजारमा विभिन्न कालखण्डमा दलित एकताको लागि भए गरेका प्रयासहरु, दलित समता समाज गठन भएदेखि आज सम्म गरेका कामहरु र समाजले गर्ने भावी कार्य योजनासहितको प्रतिवेदन पेश गरेका थिए । 

कार्यक्रममा समाजका सचिव बलराम सुनारले २०८० वैशाख ४ गतेदेखि हालसम्म भए÷गरेका गतिविधिहरुका बारेमा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा दलित अगुवाहरु, समाजका नगर र वडा स्तरका पदाधिकारी सदस्यहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।  समाजका सल्लाहकार संयोजक सुर्यबहादुर बुढापृतिले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बलराम सुनारले गरेका थिए । 

ADV

सम्बन्धित खबर