२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

मध्यान्ह
२०८१ भदौ २७ गते २०:१७
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ परेका हुन् ।

लागुऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागुऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर