२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? : सांसद पराजुली

shivam cement
मध्यान्ह
२०८१ भदौ २४ गते १६:३९
धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? : सांसद पराजुली

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका छन् ।

करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेको गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै छानबिनको माग गरेका हुन् 

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताए ।

उनले भने, ‘अब म माननीय गुरुङको बारेमा छानबिन हुन्छ कि हुँदैन ?’ गुरुङमाथि छानबिनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर समेत उनले प्रश्न गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise