२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

प्रिमियम लक्जरी इभी 'जिकर एक्स' सार्वजनिक

shivam cement
मध्यान्ह
२०८१ भदौ १९ गते १५:३३
प्रिमियम लक्जरी इभी 'जिकर एक्स' सार्वजनिक

काठमाडौं : नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी 'जिकर एक्स' नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त इभी सार्वजनिक गरिएको हो ।

जिकर चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ मोबिलिटी तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि देवेन्द्र दाहाल र शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा र प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले जिकर ब्रान्डको बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी जिकर एक्स सार्वजनिक गरेका हुन् ।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ ।

जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो । 

ADV

सम्बन्धित खबर

Advertise