२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

एकता समितिद्वारा नयाँ महानिर्देशकसँग छलफल

२०८१ भदौ १५ गते ०६:४०
एकता समितिद्वारा नयाँ महानिर्देशकसँग छलफल

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीले वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीसँग वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका विषयमा छलफल गरेको छ ।

शुक्रबार विभागका नवनियुक्त महानिर्देशक खत्रीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै समितिले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याबारे छलफल गरेको समितिका सचिव तारानाथ अर्यालले जानकारी दिए ।

सो अवसरमा शुभकामना मन्तव्य राख्दै समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले वार्षिक सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीहरूको नवीकरण गर्न मन्त्रिपरिषद्ले निर्णय गरिसकेको अवस्थामा पनि अनुगमन नसकिएका कारण नवीकरण नहुँदा फेमिसमा डिएक्टिभ भएकाले समस्या परेकाले प्रक्रिया पुर्‍याइ यथाशीघ्र नवीकरण गरिदिन आग्रह गरे । 

नेपाली कामदार जाने प्रमुख गन्तव्य मलेसिया बन्द रहेको र युरोपेली मुलुकमा रहेको मागपत्र प्रमाणीकरणमा समस्या देखिएकाजस्ता विषयमा पनि ध्यान दिन अध्यक्ष पाण्डेले नवनियुक्त महानिर्देशक खत्रीको ध्यानाकर्षण गराए ।

समितिका सचिव अर्यालले संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृतिमा नेपाली वैदेशिक रोजगारीमा जाने जोखिमपूर्ण प्रवृत्ति देखिएकोमा महानिर्देशक खत्रीको ध्यानाकर्षण गराउँदै आन्तरिक रोजगारीको पर्याप्तता नहुँदासम्म वैदेशिक रोजगारीको विकल्प नभएकाले वैदेशिक रोजगारीलाई झन्झटमुक्त बनाउन महानिर्देशकको समन्वयात्मक भूमिका हुनुपर्ने धारणा राखे ।

अध्यक्ष पाण्डेको नेतृत्वमा गएको टोलीमा नेपाली लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका प्रथम उपाध्यक्ष विनोदजंग केसी, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका सचिव सुशील केसी, समितिका सदस्यहरू राज केसी, भीष्म शिवाकोटी, यामबहादुर जिसी, मिठू गौतम, राधा बुढाथोकी, जगत नारायण श्रेष्ठ, शुभेन्द्र खत्री, महेश श्रेष्ठ, बलभद्र ढकाललगायतका व्यवसायीहरू सहभागी रहेका थिए । शुभकामना कार्यक्रमको सञ्चालन र संयोजन सचिव अर्यालले गरेका थिए ।

सो अवसरमा महानिर्देशक खत्रीले एकता समितिद्वारा प्राप्त शुभकामना र बधाईप्रति धन्यवाद दिँदै व्यवसायीबाट प्राप्त सुझावलाई हृदयंगम गर्दै सेवा प्रवाहमा तदारुकताका साथै कर्मचारी परिचालन गर्ने तथा व्यवासायी र कामादारका हितलाई केन्द्रबिन्दुमा राखेर कार्य सम्पादन गर्ने आश्वासन दिए ।

ADV

सम्बन्धित खबर