२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

मध्यान्ह
२०८१ भदौ १३ गते ११:०५
पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

अछाम : लगातारको वर्षाका कारण साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका-१३ स्थित बुढामगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका  अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए। सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरो स्थलमा खटिएको जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर