२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने

मध्यान्ह
२०८१ भदौ १२ गते १२:१३
अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने

काठमाडौँ : सर्वोच्च अदालतले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै छ ।  संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो ।

असार १२ गते स्नानुपरने फैसाला एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि  निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि  फैसला हुन नसकेको हो । न्यायाधीश  राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेका थिए ।

गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो।

२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

ADV

सम्बन्धित खबर