२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

सुक्खा पहिरो खसेपछि अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

मध्यान्ह
२०८१ भदौ ९ गते १०:५३
सुक्खा पहिरो खसेपछि अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ ।

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

ADV

सम्बन्धित खबर