काठमाडौं : भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै प्रदर्शन भएको छ । शनिबार बृहत नागरिक आन्दोलनले काठमाडौंमा हदम्याद राख्न नहुने माग गर्दै प्रदर्शन गरेको हो ।
काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नागरिकहरूले प्रदर्शन गरेका हुन् । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ । उक्त विधेयकमा भ्रष्टाचार मुद्दामा कसुर थाहा पाएको ५ वर्षभित्र मात्र मुद्दा चल्ने व्यवस्था छ ।
त्यस्तै संघीय र प्रदेश मन्त्रिपरिषदले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायरामा ल्याउन पनि उनीहरूले माग गरेका छन् ।