२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते

मध्यान्ह
२०८१ भदौ ७ गते १३:३१
मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते

काठमाडौं : तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिए ।

शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

भारतीय पर्यटक सवार भारतीय बस बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।

ADV

सम्बन्धित खबर