२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

मध्यान्ह
२०८१ भदौ ६ गते १९:२६
टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं : सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले शर्तसहित टिकटक खोल्न दिने निर्णय भएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।

पछिल्लाे समय टिकटकले नेपालकाे कानून मान्ने भन्दै प्रतिबद्धता जनाएपछि सरकार टिकटककाे प्रतिबन्ध हटाउने निर्णयमा पुगेकाे हाे ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

ADV

सम्बन्धित खबर