२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

मध्यान्ह
२०८१ भदौ ५ गते १७:३५
वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

कैलाली : निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् । 

कैलारी गाउँपालिका-५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निरन्तरको वर्षाका कारण पानीको सतह सडकभन्दा माथि पुगेको छ । 

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरू आफन्तकहाँ बसेका छन । पाँच परिवारलाई स्थानान्तरण गरी वडा नं-५ को कार्यालयमा राखिएको छ ।  

गौरीगंगा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगंगा -७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं-९ शंकरपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए। 

ADV

सम्बन्धित खबर