२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

बुधबार नेप्सेमा झिनो अंकको वृद्धि

मध्यान्ह
२०८१ भदौ ५ गते १५:१२
बुधबार नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौंः बुधबार नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भएको छ । आज शेयर बजार जम्मा २.११ अंकले बढेर २,९६८ को विन्दुमा पुगी बन्द भएको हो । 

आज एक सय कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४० कम्पनीको शेयर मूल्य घटेको छ । चार कम्पनीको शेयर मूल्य स्थिर छ । योसँगै आजको बजारमा चार कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।  १० प्रतिशतका दरले शेयर मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनी रहेको छ । 

यस्तै आज कारोबार समय भरिमा ३३७ कम्पनीको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

 

ADV

सम्बन्धित खबर