२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

मध्यान्ह
२०८१ भदौ २ गते १३:१३
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौँ  : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् ।

भारतीय समकक्षी डा.एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी चार दिने भारत भ्रमणमा निस्केको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने तालिका रहेको छ।

ADV

सम्बन्धित खबर