२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार प्रदान

Nada
२०८३ असोज २३ गते १५:२८
Shares
नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार प्रदान

काठमाडौँ । अन्तर्राष्ट्रिय कानुनको रक्षा, मानवअधिकार संरक्षण तथा विश्व शान्ति प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै नवी पिल्लेलाई सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको गरिएको छ ।

दक्षिण अफ्रिकी मूलकी पिल्ले मानवअधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन् । उनले संयुक्त राष्ट्रसंघमा मानवअधिकारसम्बन्धी उच्चस्तरीय जिम्मेवारी सम्हाल्नुका साथै अन्तर्राष्ट्रिय फौजदारी न्याय र मानवअधिकार संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

पिल्लेले अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन, द्वन्द्वका क्रममा भएका गम्भीर अपराधमा संलग्न व्यक्तिलाई जवाफदेही बनाउने तथा मानवअधिकारको संरक्षण गर्ने प्रयासमा योगदान पुर्‍याएकी छन् ।

अन्तर्राष्ट्रिय न्याय र कानुनी शासनलाई सुदृढ बनाउने उनको प्रयासलाई शान्ति स्थापनाका लागि महत्त्वपूर्ण मानिएको छ । द्वन्द्वको अवस्थामा समेत मानवअधिकारको सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने विषयमा उनले निरन्तर आवाज उठाउँदै आएकी छन् ।

नोबेल शान्ति पुरस्कार विश्वभर शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य, मानवअधिकार संरक्षण तथा द्वन्द्व समाधानमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर