२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता, सिन्डिकेट अन्त्य गर्न आग्रह

Nada
२०८३ असोज ६ गते ११:५२
Shares
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता, सिन्डिकेट अन्त्य गर्न आग्रह

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग विशेष छलफल गरी सिन्डिकेटकाे अन्त्य गर्न आग्रह गरेका छन् । मंगलबार बिहान मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत बिहान छलफल गरी दुवै देशका श्रममन्त्रीबीच छलफल गरी सिन्डिकेटकाे अन्त्यका लागि आग्रह गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ncell

हाल मलेसियाकाे एफडब्लुसिएमएसमा नेपाली २५ म्यानपावर कम्पनी प्रिन्सिपल र २५० कम्पनी उनीहरू मातहत सहायक एजेन्सीका रूपमा राखिएकाे छ । नेपालले सबै कम्पनीको मलेसियाकाे काम राेकेर नाम फिर्ताका लागि दबाब दिइरहेकाे छ । 

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिऐका छन् । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेकाे पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री शाहीले अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए ।

प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारेका छन् । मलेसियाका प्रधानमन्त्री इब्राहिमले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गरेकाे उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर