२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

दुबईमा गुञ्जिँदै नेपथ्य

Nada
निशान्त पाठक
२०८३ असोज ४ गते १३:५२
Shares
दुबईमा गुञ्जिँदै नेपथ्य

दुबई : नेपाली संगीतको चर्चित ब्यान्ड नेपथ्य दुबईमा गुञ्जिने भएको छ । नेपथ्यले आगामी अक्टोबर ४ मा दुबईमा विशेष लाइभ कन्सर्ट गर्ने भएको हो ।

ncell

‘नेपथ्य दुबई–लाइभ इन कन्सर्ट २०२६’ नाम दिइएको उक्त कार्यक्रम दुबईको द एजेन्डा, इन्टरनेट सिटीमा आयोजना हुने आयोजकहरुले पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

कन्सर्ट अमेरिका तथा दुबईमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेको इजी ग्रुप अफ कम्पनिजको आयोजना, गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी युएई, नेपाली समाज युएईलगायत नेपाली समाजमा आबद्ध विभिन्न संघसंस्थाको सहकार्यमा हुने भएको हो ।

No description available.

कन्सर्टमार्फत हुने मुनाफाको २० प्रतिशत भोटेकोशीमा आएको बाढीका कारण अनाथ भएका बालबालिका पढाउने तथा एकल महिलाको संरक्षणमा खर्च गरिने इजी ग्रुप अफ कम्पनिजका एमडी अनिल लामिछानेले जानकारी दिए । 

कन्सर्ट आइतबार साँझ ६ बजेदेखि सुरु हुनेछ भने दर्शकका लागि गेट साँझ ४ बजे खुला गरिने आयोजकले जनाएको छ । कन्सर्टमा नेपथ्यले आफ्ना लोकप्रिय गीत तथा सांगीतिक प्रस्तुतिमार्फत युएईमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ ।

No description available.

पत्रकार सम्मेलनमा एनआरएनए एनसिसी युएईका अध्यक्ष भीम मल्ल ठकुरी, नेपाल बिजनेस काउन्सिल अध्यक्ष तथा नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्र थापा, नेपाली समाज युएईका अध्यक्ष रामबहादुर मोक्तान, सम्पूर्ण वैचारिक संघ संगठनलगायत नेपाली समाजमा आबद्ध सम्पूर्ण संघसंस्थाको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन एनआरएनए एनसिसी युएईका महासचिव कमलजंग कार्कीले गरेका थिए ।

सम्बन्धित खबर