२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्रधान न्यायाधीश शर्मा चीन प्रस्थान

Nada
२०८३ असोज ४ गते १३:३६
Shares
प्रधान न्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौँ : प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् । चीनको ग्वाञ्जाओमा आयोजना हुने चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा चीन गएका हुन् ।

ncell

प्रधान न्यायाधीश शर्मासँग सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल पनि चीन भ्रमणमा सहभागी छन् ।
कार्यक्रममा न्याय तथा कानुनका क्षेत्रमा भएका अभ्यास, अनुभव र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रधान न्यायाधीश शर्मा केही समयअघि सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए । न्यायपालिकाको संस्थागत सुधार, न्यायिक सुशासन र सूचना प्रविधिको प्रयोगलाई उनले आफ्नो कार्यकालका प्राथमिकताका रूपमा अघि सारेका छन् ।

सम्बन्धित खबर