२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जनउद्धार केन्द्र मलेसियाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ७३ हजार सहयोग

Nada
तिलोचन गौतम
२०८३ भदौ ३१ गते १६:०४
Shares
जनउद्धार केन्द्र मलेसियाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ७३ हजार सहयोग

क्वालालम्पुर : जनउद्धार केन्द्र मलेसियाले नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

ncell

जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाका अनुसार संस्थाले तीज विशेष कार्यक्रममार्फत संकलन भएको रकम तथा संस्थाका पदाधिकारी र सदस्यहरूको व्यक्तिगत सहयोगसहित १० हजार मलेसियन रिंगेट जम्मा गरेको हो । उक्त रकम नेपाली रुपैयाँमा करिब ३ लाख ७३ हजार ५ सय ५० रुपैयाँ बराबर रहेको जनाइएको छ ।

अध्यक्ष थापाका अनुसार तिज विशेष कार्यक्रमबाट २ हजार ६ सय १० रिंगेट, जनउद्धार केन्द्र संस्थाको तर्फबाट २ हजार ४ सय ९७ रिंगेट तथा संस्थाका पदाधिकारी एवं सदस्यहरूबाट ४ हजार ८ सय ९३ रिंगेट गरी कुल १० हजार रिंगेट संकलन गरिएको हो ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनउद्धार केन्द्र मलेसियाले जनाएको छ । विपत्तिको समयमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको संस्थाको भनाइ छ ।

जनउद्धार केन्द्र मलेसिया मलेसियामा समस्यामा परेका नेपाली नागरिकलाई विभिन्न समयमा सहयोग गर्दै आएको परोपकारी संस्था हो । संस्थाले उद्धार, राहत तथा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

संस्थाका अनुसार जनउद्धार केन्द्र मलेसिया मलेसियामा नेपाली समुदायका लागि स्थापना भएको पहिलो वैधानिक संस्थाका रूपमा समेत परिचित छ ।

ताजा खबर

सम्बन्धित खबर