२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सोताङ गाउँपालिकाकी उपाध्यक्ष राई र उनका छोराविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ भदौ ३१ गते १४:२०
Shares
सोताङ गाउँपालिकाकी उपाध्यक्ष राई र उनका छोराविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा समुनल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ncell

आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिएको ९० कार्य दिनको ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको रूपमा काम दिलाएको र सहजीकरण गरे वापत सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

अनुसन्धानका अनुसार गाउँपालिका उपाध्यक्ष राईले पदीय जिम्मेवारीको दुरुपयोग गरी उक्त घुस रकम छोरा समुनल नाछिरिङ राईको बैंक खातामा रहेको क्युआर कोडमार्फत हाल्न लगाएकी थिइन् । छोरा समुनलले उपाध्यक्षसँगको मिलेमतोमा सेवाग्राहीबाट घुस रकम लिई उपलब्ध गराउनुका साथै प्रयोगमा समेत ल्याएको पाइएको छ ।

अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबी लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर