२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बाढीपीडितका लागि एलआइएचई सिड्नी र लिंकन युनिभर्सिटी कलेज मलेसियाद्वारा ५० लाख सहयोग

Nada
२०८३ भदौ ३१ गते ११:४४
Shares
बाढीपीडितका लागि एलआइएचई सिड्नी र लिंकन युनिभर्सिटी कलेज मलेसियाद्वारा ५० लाख सहयोग

काठमाडौं : रसुवा, नुवाकोटलगायतका बाढी तथा प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि लिंकन इन्स्टिच्युट अफ हाइयर एजुकेसन (एलआइएचई) सिड्नी तथा लिंकन युनिभर्सिटी कलेज मलेसियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

ncell

एलआइएचई सिड्नी तथा लिंकन युनिभर्सिटी कलेज मलेसियाका डाइरेक्टर अफ इन्टरनेसनल रिलेसन्स जगदीश चन्द्र वाग्लेले उक्त सहयोग रकम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा लुकानका प्रेसिडेन्ट रेस्टा झा, युनिभर्सिटी कलेजका कन्ट्री म्यानेजर विमल पोखरेल तथा लुकान सदस्य भेषराज पोखरेलको उपस्थिति रहेको थियो ।

प्राकृतिक विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको एलआइएचई सिड्नी र लिंकन युनिभर्सिटी कलेज मलेसियाले जनाएका छन् ।

सम्बन्धित खबर