२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

उच्च अदालतमा ३ न्यायाधीश सिफारिस

Nada
२०८३ भदौ ३० गते १३:०३
Shares
उच्च अदालतमा ३ न्यायाधीश सिफारिस

काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह तथा जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

परिषद्का अनुसार पोखरेललाई उच्च अदालत सुर्खेत, सिंहलाई उच्च अदालत विराटनगर र बेल्बासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिनेछ ।

त्यसैगरी, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै कैलाली जिल्ला अदालतमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

बैठकले उच्च अदालतका तीन न्यायाधीशको सरुवा, चार जनालाई काजमा खटाउने तथा जिल्ला अदालततर्फ १५ जना न्यायाधीशको सरुवा सिफारिससमेत गरेको जनाएको छ ।

सरुवा सूचीअनुसार उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज), मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुर तथा रितेन्द्र थापालाई जनकपुरकै अस्थायी इजलास वीरगञ्जमा सरुवा गरिएको छ ।

यस्तै, न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काज सरुवा गरिएको छ भने गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काजमा खटाइनेछ । जिल्ला अदालततर्फ किशोर घिमिरे, दीपक ढकाल, सन्तोषप्रसाद पराजुलीसहित १५ न्यायाधीशको सरुवा सिफारिस गरिएको परिषद्ले जनाएको छ ।

यसैबीच, न्याय सेवा आयोगले तीन सहसचिव ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कट्टेल र दाहाल सर्वोच्च अदालतका रजिष्ट्रार बन्नेछन् भने भट्टराई न्यायपरिषद्को सचिवका रूपमा कार्यभार सम्हाल्नेछन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर