२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

गठ्ठाघर दुर्घटना : मृतक पुरुषको सनाखत

मध्यान्ह
२०८१ साउन ३२ गते १०:२१
गठ्ठाघर दुर्घटना : मृतक पुरुषको सनाखत

काठमाडौँ  :  भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । 

मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ  । करिब ४५ वर्षीय कोइराला काठमाडौँको कपन बस्दै आएका थिए । 

कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

ADV

सम्बन्धित खबर