२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

मध्यान्ह
२०८१ साउन ३० गते १९:१७
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

शाहले सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । 

शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले विश्वासको मत दिए भने माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरी ८ सांसदले विपक्षमा मतदान गरे ।  स्वतन्त्र सांसद डा ताराप्रसाद जोशी  तटस्थ बसे । 

संघमा राजनीतिक समीकरण परिवर्तन भएपछि २० साउनमा शाह मुख्यमन्त्री बनेका थिए । 

ADV

सम्बन्धित खबर