२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

Nada
२०८३ साउन २० गते १८:२१
Shares
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

काठमाडौँ : मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका छन् ।

ncell

माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशंका गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।

युवकहरूको मोबाइल बन्द रहेको माछापुच्छ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवलदार जीवन बरालले जानकारी दिए ।

“मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जंगलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ”, उनले भने ।

ताजा खबर

सम्बन्धित खबर