२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो

Nada
२०८३ साउन २० गते १७:३५
Shares
ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो

काठमाडौं : पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित चार पर्वतारोहीको शव उद्धार टोलीले आधार शिविरमा ल्याएको छ ।

ncell

प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जी शेर्पाको नेतृत्वमा रहेको टोलीले कराकोरम क्षेत्रस्थित ब्रोड पिकको करिब ५ हजार मिटर उचाइबाट निम्सदाइ पुर्जा, निमा शेर्पा, चिनियाँ पर्वतारोही झोङ वाङ र किलु शेर्पाको शव बुधबार बेस क्याम्पमा झारेको हो ।

उद्धार टोलीमा पाकिस्तानका पर्वतारोहीहरू सिर्बाज खान, आबिद बेग, शेरबाज तथा ‘इम्याजिन नेपाल ट्रेक्स’का दीपेन गुरुङ र पेमा छेवाङ शेर्पा सहभागी थिए। टोलीले अत्यन्त जोखिमपूर्ण क्षेत्रमा बारम्बार हिमपहिरोको सामना गर्दै उद्धार अभियान सञ्चालन गरेको जनाएको छ ।

हाल प्रतिकूल मौसमका कारण शवहरू हेलिकोप्टरमार्फत स्कर्दु लैजान समस्या भएको छ । मौसममा सुधार आएपछि शवहरू हवाईमार्गबाट स्कर्दु पुर्‍याइने बताइएको छ ।

निम्सदाइ पुर्जाको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्न सरकारसँग मागसमेत गरिएको छ ।

यस दुर्घटनामा ब्रोड पिक आरोहणका क्रममा १० जना पर्वतारोहीको मृत्यु भएको थियो । ६ हजार मिटरभन्दा माथिको क्षेत्रमा रहेको नवाङ थिन्धु शेर्पाको शव अझै निकाल्न सकिएको छैन भने पाकिस्तानी पर्वतारोही सोहेल साखी बेपत्ता छन् । यो घटना कराकोरम क्षेत्रमा भएका सबैभन्दा ठूलो पर्वतारोहण दुर्घटनामध्ये एक मानिएको छ ।

ताजा खबर

सम्बन्धित खबर