२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

गृहमन्त्रीले छलफल गरे मुस्लिम अगुवाहरूसँग

Nada
इसत्याक अहमद
२०८३ साउन २० गते ०८:४०
Shares
गृहमन्त्रीले छलफल गरे मुस्लिम अगुवाहरूसँग

काठमाडौं : सुनसरी घटनापछि देशका विभिन्न स्थानमा देखिएको तनावलाई सामान्यीकरण गर्ने उद्देश्यले गृह मन्त्रालयले सरोकारवाला पक्षहरूसँग छलफल जारी राखेको छ ।

ncell

मंगलबार मन्त्रालयमा हिन्दू र मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टाछुट्टै बैठक सम्पन्न भयाे । कुनै लिखित निर्णय नभए पनि पछिल्ला घटनाक्रम, सुरक्षा अवस्था, सामाजिक सद्भाव र सम्भावित द्वन्द्व न्यूनीकरणबारे छलफल भएको सहभागीहरूले बताएका छन् ।

दुवै समुदायका प्रतिनिधिहरूले शान्ति, सद्भाव र पारस्परिक विश्वास कायम राख्नुपर्नेमा जोड दिँदै अफवाह, उत्तेजक अभिव्यक्ति र सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाप्रति सतर्क रहन आग्रह गरे ।

दोषीमाथि कानुनी कारबाही र समुदायबीच विश्वास अभिवृद्धिका उपायबारे सुझाव दिएका छन् । गृह मन्त्रालयले सुझावहरू आगामी कार्ययोजनामा समेटिने र केही दिनभित्र दुवै समुदायलाई एउटै बैठकमा राखी विस्तृत संवाद गर्ने तयारी भइरहेको जनाएको छ ।

उक्त संयुक्त बैठकमार्फत भ्रम र अविश्वास हटाउँदै सामाजिक सद्भाव सुदृढ गर्ने मन्त्रालयको उद्देश्य रहेको छ । आजको छलफलमा दीर्घकालीन शान्ति, सुरक्षा सुदृढीकरण, क्षतिपूर्ति, अराजक तत्वमाथि कारबाही, सामाजिक सञ्जाल नियमन, भ्रामक सूचनाको नियन्त्रण र संवाद संयन्त्र स्थापना लगायतका विषयमा सुझाव प्रस्तुत गरिएको बैठकमा सहभागी पूर्वमन्त्री तथा राष्ट्र निर्माण दलका महासचिव माेहम्मद जाकिर हुसैनले मध्यान्हसँगकाे कुराकानीमा बताए ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्रीले सबै सुझावलाई गम्भीरतापूर्वक लिँदै सर्वपक्षीय समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री सचिवालयको पहलमा भएको बैठकमा दुवै समुदायका धर्मगुरु, अगुवा, पूर्वमन्त्री, सांसद, आयोगका पूर्व पदाधिकारी, संघ–संस्था र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ताजा खबर

सम्बन्धित खबर