२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुहाङ नेम्वाङले प्रवासी नेपाली मञ्च कतारको अधिवेशनलाई सम्बोधन गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन १९ गते २०:५७
Shares
सुहाङ नेम्वाङले प्रवासी नेपाली मञ्च कतारको अधिवेशनलाई सम्बोधन गर्ने

दोहा, कतार : नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ प्रवासी नेपाली मञ्च कतारको आठौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न कतार आउने भएका छन् । आगामी शुक्रवार दोहास्थित सेन्ट्रा वेस्ट बे होटेल एन्ड सुइट्स, अल दफ्नामा हुने अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

ncell

नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवासस्थित भ्रातृ संगठन मञ्च कतारले आफ्नो आठौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी कार्य योजना र कार्यदिशा तय गरिने जनाइएको छ।

पेसाले कानुन व्यवसायीसमेत रहेका नेम्वाङ अध्ययनशील, शालीन तथा बौद्धिक युवा नेताका रूपमा परिचित छन् । संसदीय अभ्यास, सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता, युवाको सशक्तीकरण तथा राष्ट्रिय विकासका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका छन् । उनले बदलिँदो राजनीतिक परिवेशमा युवा पुस्ताको भूमिका, नागरिक सहभागिता र सकारात्मक परिवर्तनका लागि संवाद तथा सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्दै आएका छन् ।

सन् २००४ मा स्थापना भएको मञ्च कतारले स्थापनाकालदेखि नै कतारमा कार्यरत नेपाली श्रमिक तथा प्रवासी समुदायको हक–हित संरक्षण, सामाजिक उत्तरदायित्व, आपसी सद्भाव, एकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विविध गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । हाल चूडामणि कार्कीको अध्यक्षतामा रहेको मञ्चले अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

मञ्चका सचिव शेषराज तिमिल्सिनाले कतारमा रहेका एमालेका शुभेच्छुकहरू,  नेपाली समुदाय, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार तथा नेपाली नागरिकलाई उद्घाटन समारोहमा उपस्थित भई अधिवेशनको गरिमा बढाइदिन हार्दिक आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर