२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

प्रतिनिधिसभाको बैठक स्थगित 

shivam cement
मध्यान्ह
२०८१ जेठ २७ गते ११:००
प्रतिनिधिसभाको बैठक स्थगित 

काठमाडौं - आज र भोलि बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठक स्थगित भएको सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

 सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise