२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत तामाङ एक लाख घुससहित पक्राउ

Nada
२०८३ साउन १९ गते १६:३६
Shares
म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत तामाङ एक लाख घुससहित पक्राउ

काठमाडौं : नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित काठमाडौंबाट पक्राउ परेका छन् ।

ncell

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुबाट नियन्त्रणमा लिएको हो ।

तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक–पटक दुःख हैरानी दिई घुस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारले उनलाई मंगलबार पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका तामाङमाथि विशेष अदालतको आदेशबाट म्याद थप गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर