२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

Nada
२०८३ साउन १९ गते १२:५५
Shares
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी : मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी मर्स्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवातजावत र ढुवानीमा सहज भएको छ ।

ncell

५४ दशमलव चार मिटर लामो र चार मिटर चौडा उक्त बेलिब्रिजको सोमबार नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्‌घाटन गरे । बेलिब्रिज निर्माणले नार्पाभूमि गाउँपालिकाको सडक पहुँच विस्तार भएको छ । सडक पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष लामाले बताए ।

पुल नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा निर्माण गरिएको हो । भारवहन क्षमता ५५ टन रहेको उक्त पुल करिब छ करोडको लागतमा निर्माण भएको अध्यक्ष लामाले जानकारी दिए । हाल चामेदेखि नार्पाभूमिको सीमासम्म ६ किमीसम्म सडक पुगेको छ । गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण गर्न भने अझै ११ किमि बाँकी छ । अध्यक्ष लामाले भने, ‘बाँकी खण्डमा अहिले मार्ग खोल्ने काम भइरहेको छ, आगामी चैतसम्म सडक पुर्‍याउने लक्ष्य छ ।’

ताजा खबर

सम्बन्धित खबर