
काठमाडौँ : पूर्वी रोमानियाको बकाउ शहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ ।
स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिट क्षेत्रमा बिहान करिब ३ः२१ बजे गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि उद्धार टोली, दमकल, हेभी रेस्क्यु भेइकल तथा मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो । तर, उद्धारकर्मी घटनास्थल पुग्दासम्म दुवै जनाको मृत्यु भइसकेको थियो ।
बकाउ प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार रेलको ठक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिमा जीवनको कुनै संकेत नरहेपछि स्वास्थ्यकर्मीले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
प्रारम्भिक विवरणअनुसार मृतक नेपाली नागरिक रहेको जनाइएको छ। यद्यपि, उनीहरूको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन ।
दुर्घटना कसरी भयो र उनीहरू रेलमार्गमा कसरी पुगे भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छ न्।