२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ साउन १८ गते १६:०९
Shares
सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख राम केवल रायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ncell

आयोगका अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिएवापत विभिन्न बहाना बनाइ सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा रायविरुद्ध आरोपपत्र दायर गरिएको हो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु १९ हजार बिगो कायम गरी सोही बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको छ । 

सम्बन्धित खबर