२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

‘कल बाइसपास’ मा संलग्न चार जना पक्राउ

Nada
२०८३ साउन १७ गते १८:४०
Shares
‘कल बाइसपास’ मा संलग्न चार जना पक्राउ

काठमाडौँ : अवैध रूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।

ncell

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिम कार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हब, राउटरलगायत सामग्री बरामद गरेको छ ।
 

सम्बन्धित खबर