
काठमाडौँ : पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा फेरि प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि आइतबार सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ ।
स्थानीयबाासीका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाकका करिब १५ जना र हतियारसहित थप करिब ६० जना एसएसबी फौज नेपाली भूमिमा प्रवेश गरेका थिए ।
उनीहरूले सुस्ता गाउँपालिका–५ को थारू टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका हुन्।
भारतीय सुरक्षाकर्मीले बाँध भत्काउन थालेपछि स्थानीयवासीले विरोध जनाए । तर हतियारसहित ठूलो संख्यामा आएका एसएसबीका कारण उनीहरूले रोक्न नसकेको स्थानीयले बताएका छन् ।