२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

Nada
२०८३ साउन १७ गते १५:५१
Shares
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छन् ।

ncell

आइतबार तुल्सीलाल अमात्यको २९औं स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेकी हुन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताइन् ।

उनले संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न समेत सबै पक्षलाई आग्रह गरिन् । पूर्वराष्ट्रपति भण्डारीले तुल्सीलाल अमात्यले स्थापित गरेको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहोस् भन्ने कामना पनि व्यक्त गरिन् ।

उनले तुल्सीलालसहित मुलुकमा लोकतन्त्र स्थापित गर्न भूमिका निर्वाह गर्ने नेताहरुको आदर्श र विचारलाई आत्मसात गर्दै अगाडि बढ्न आवश्यक रहेको समेत बताइन् ।

सम्बन्धित खबर