२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

Nada
२०८३ साउन १७ गते १४:४२
Shares
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौँ : सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन तथा त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिंग्ल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाएको छ ।

प्रवर्द्धक कम्पनी गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले विद्युत् नियमावली, २०५० बमोजिम प्रसारण लाइन निर्माणको अनुमति माग गरेपछि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार गरिएको विभागले जनाएको छ । 

प्रतिवेदनअनुसार आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल वातावरणीय असर पर्न सक्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित राय-सुझाव दिन सक्नेछन् । 

प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर रहनेछ । यसका लागि ३३ केभी प्रसारण लाइनमा २०९ वटा स्टिल ट्युबुलर पोल तथा १३२ केभी प्रसारण लाइनमा दुई वटा टावर निर्माण गरिनेछ । 

आयोजनाका लागि स्थायी रूपमा करिब ०.५ हेक्टर र अस्थायी रूपमा करिब ०.५३ हेक्टर जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ । प्रसारण लाइनको अधिकार क्षेत्र (राइट अफ वे) अन्तर्गत करिब ९.६६ हेक्टर जग्गा पर्नेछ ।

विभागका अनुसार ३३ केभी प्रसारण लाइनका लागि न्यूनतम ६.६२ मिटर र १३२ केभी प्रसारण लाइनका लागि १८ मिटर अधिकार क्षेत्र कायम गरिनेछ । प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ र प्रचलित वातावरणीय मापदण्ड अनुसार भू-क्षय, बाढी तथा वायु प्रदूषणजस्ता प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्यान्वयन गरिने छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर