२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

Nada
२०८३ साउन १७ गते १४:३७
Shares
थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले थाइल्यान्डबाट अवैध रूपमा ल्याइएको ११ किलोग्राम गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ncell

लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गोचरले शंकास्पद यात्रुको प्रोफाइलिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार साउन १६ गते राति क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सी एक्स ६०२ मार्फत हङकङ हुँदै थाइल्यान्डबाट नेपाल आएका दुई भारतीय नागरिकको साथबाट झोलाभित्र लुकाएर ल्याइएको ११ किलोग्राम गाँजा बरामद गरिएको थियो। उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरी कुल तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

पक्राउ पर्नेमा भारतको पञ्जाब राज्य, लुधियाना घर भएका ३० वर्षीय सोनी, सोही स्थानका २२ वर्षीय जागरूप सिंह तथा हरियाणा राज्यका २२ वर्षीय साहिल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ११ किलोग्राम गाँजा, तीन थान राहदानी र तीन थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ। हाल घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

सम्बन्धित खबर