२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बोदेबरसाइन नगरपालिकामा निकालियो बृहत् सद्भाव र्‍याली

Nada
घुरन यादव
२०८३ साउन १७ गते १४:१०
Shares
बोदेबरसाइन नगरपालिकामा निकालियो बृहत् सद्भाव र्‍याली

सप्तरी : सप्तरीको बोदेबरसाइन नगरपालिकामा बृहत् सद्भाव र्‍याली तथा भेला सम्पन्न भएको छ । धार्मिक तथा जातीय सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।

ncell

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अनिरूद सिह यादव रहेका थिए भने विशिष्ट अतिथिका रूपमा पूर्व प्रतिनिधिसभा सदस्य सुरेन्द्र यादव सहभागी भएका थिए । त्यसैगरी नगरप्रमुख आतेश सिह, उपप्रमुख रेनु साह लगायत अन्य जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममार्फत समाजमा धार्मिक तथा जातीय सद्भावमा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको थियो । “सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं” भन्ने सन्देशसहित निकालिएको र्‍याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता नगरप्रमुख आतेश सिंहले गरेका थिए ।

सम्बन्धित खबर