२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

महासचिव पोखरेल भने, ‘ब्रड पिक हिमपहिरो पर्वतारोहण इतिहासको दुःखद अन्त्य’  

Nada
२०८३ साउन १७ गते १३:४७
Shares
महासचिव पोखरेल भने, ‘ब्रड पिक हिमपहिरो पर्वतारोहण इतिहासको दुःखद अन्त्य’  

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

ncell

उक्त पार्टीका महासचिव पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका तर्फबाट उनले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे ।

पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीलाई चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उनका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पार्टी मर्माहत भएको एमालेले  जनाएको छ ।

सम्बन्धित खबर